काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ५१०० वटा टिकट बेचिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ५१०० टिकट बेचिने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय र फिफाको प्रोटोकल पूर्ण पालना गर्दै कोरोना महामारीकाबीच पनि दर्शकसहित खेल खेलाउने जानकारी अध्यक्ष शेर्पाले बताए ।
‘स्वास्थ्य मन्त्रालयसँगको समन्वय र फिफाको प्रोटोकल पूर्ण पालना गर्दै दर्शकलाई पनि राख्ने व्यवस्था मिलाएका छौं । खेल हेर्न आँउदा कोरोना विरुद्धको दुवै डोज खोप लगाएको हुनुपर्नेछ। दुवै डोज खोप लगाएको कार्ड सअिहत आउनुपर्छ । यदी खोप नलागाएको भए पीसीआर रिपोर्ट नेगेभि भएको रिपोर्टसहित आउनुपर्ने छ ।’ अध्यक्ष शेर्पाले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया