गोर्खाज फाइनान्सको साधारण सभा स्थगित गर्न काठमाडौं प्रशासनको निर्देशन

लोकपथ
468
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गोर्खाज फाइनान्सको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीले आफ्नो छब्बीसौँ वार्षिक साधारण सभा यहि भदौ २४ गतेका लागि आह्वान गरेको थियो ।

तर कोरोना भाइरसको महामारीका बेला साधारण सभा बोलाइएको भन्दै कम्पनीको ७१ जना सेयरधनीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरेका थिए । उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण सभा रोक्न निर्देशन दिंदै फाइनान्सलाई पत्राचार गरेको छ ।

प्रशासनले २५ जनाभन्दा बढी सहभागी भएर कुनै पनि सभा समारोह जस्ता कार्यक्रम गर्न निषेध गरिएको भन्दै अर्को निर्देशन नहुँदासम्म साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ ।

कम्पनीको संचालक समितिको बैठकले उक्त सभा होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौंमा भदौ २४ गते आह्वान गरेको थियो हुनेछ ।

सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?