अन्तत विजय गच्छदार कांग्रेस फर्किए

काठमाडौ, २३ असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने पक्कापक्की भएको छ । केही वर्षअघि कांग्रेसबाट अलग भएका विजय कुमार गच्छदारसहित उनी अध्यक्ष रहेको पार्टी लोकतान्त्रिक फोरम नेपाली कांग्रेससँग एक हुने भएको हो । स्रोतले भन्यो, ’आज ३र४ बजेतिर बालुवाटारमा पार्टी एक गर्ने सहमति भएको छ ।’ नेपाली कांग्रेस बालुवाटार निकट स्रोतका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषणा गरिने इकान्तिपुरमा खबर  छ ।गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । २०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?