वोमी र सूर्योदय लघुवित्तको सेयर कारोबार रोक्का, कारण यस्तो

लोकपथ
234
Shares

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन् । यी दुवै संस्थाबीच प्राप्ति गर्ने सम्बन्धमा भदौ १५ गते मंगलबार सम्झौता भएको हो।

गाभ्ने र गाभिने सम्बन्धि कार्य सम्पन्न नभएसम्मको लागि यी दुवै संस्थाको सेयर कारोबार रोक्का रहनेछ ।

हाल वोमी लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख रुपैयाँ र सूर्योदय लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?