बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

लोकपथ
273
Shares

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् ।

गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट मन्त्री बनेका खनालले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै पदबाट राजीनामा दिएका हुन् ।

निर्वाचन आयोगको आदेश अनुसार मंगलबार मन्त्री खनालसहित १२ जनाले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

त्यससँगै बागमती प्रदेश सरकार धरापमा परेको छ । बागमतीमा अब मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित अन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेमात्र रहेका छन् ।

गत भदौ ९ गते निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई मान्यता दिएसँगै प्रदेश र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न आग्रह गरेको थियो । भदौ २२ सम्म दल रोज्ने समय दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?