१. देशभर गरिएको १२ हजार २ सय २२ जनाको परीक्षणमा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ७ सय ८६ जना कोरोना संक्रमणमुक्त, २० जनाको मृत्यु
२. नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय स्थापना, संघीय संसद् सचिवालयले भवन नम्बर १ को दोस्रो तलामा कार्यालय राखियो
३. बागमतीमा १२ सांसदले छोडे एमाले, एकीकृत समाजवादीमा सनाखत भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
४. सुदूरपश्चिम प्रदेशसभामा १३ सांसदले एमाले छोडे, १३ जना नै नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा सामेल हुने
५. केन्द्रीय समिति बैठकका विषयलाई लिएर विवेकशील साझामा विवाद चुलिँदै, अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाए छुट्टाछुट्टै बैठक
६. अध्यादेशकै कारण सरकारलाई संसद् बैठक बोलाउनुपर्ने बाध्यता, मन्त्रिपरिषद्को विस्तार र अन्य राजनीतिक मुद्दामा सरकारको ध्यान जाँदा अध्यादेश निष्कृय हुने सम्भावना बढ्यो
७. महाधिवेशन नजिकिएसँगै कांग्रेसको संस्थापन इतरको बैठक बाक्लियो, संस्थापनइतरबाट एक जना मात्रै सभापति बनाउने विषयमा पौडेल निवासमा छलफल
८. भरतपुर अस्पतालमा एक वर्षमा ७ जना मेडिकल सुपरिटेन्डेन्ट फेरिए, पटक–पटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित
९. अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार, १५ हजार जनसंख्या प्रत्यक्ष प्रभावित
१०. आर्थिक अभावका कारण रंगशालाको काममा ढिलाइ भइरहेको कलाकार सीताराम कट्टेलको भनाइ, रकम जुटेमा आउँदो एक वर्षमा रंगशाला सम्पन्न हुने धुर्मुस–सुन्तली फाउन्डेसनको विश्वास
११. सरकारको फितलो र कमजोर अनुगमनका कारण अण्डामाथिको ब्रह्मलुट रोकिएन, अण्डाको मूल्य बढी लिए विभागको सम्पर्क नम्बर ९८४१३८२३०२ मा सम्पर्क गरी उजुरी गर्न अनुरोध
१२. मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा ३ महिनासम्म पनि अपेक्षित सुधार आउन नसकेको नर्भिक अस्पतालको भनाइ, सामाजिक सञ्जालमा भ्रामक भिडियो नराख्न घिमिरेका बुबाको अनुरोध
१३. २० वर्षपछि अमेरिकाले छोड्यो अफगानिस्तान, अफगानिस्तान तालिबानलाई जिम्मा लगाएर फर्कियो अमेरिकी सेना, काबुल विमानस्थलमा मेसिनगन पड्काएर खुसीयाली मनाएका तालिबानद्वारा ‘विशेष सेना’ परिचालन
१४. एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको विजेताले ५० लाख प्राप्त गर्ने, प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म टीयू क्रिकेट मैदानमा हुँदै
१५. पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित, गरे दुई वर्षको सम्झौता, १२ वर्षपछि रोनाल्डो युनाइटेड फर्किएपछि फ्यानहरु खुसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया