एभरेष्ट प्रिमियर लिगको उपाधि राशी सार्वजनिक

काठमाडौं। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को विजेताले पचास लाख रुपैयाँ उपाधि राशीको रूपमा प्राप्त गर्ने भएको छ।

ईपीएलले मंगलवार यस संस्करणको विजेता तथा उप-विजेताले प्राप्त गर्ने रकमको जानकारी दिएको हो। ईपीएलले यस पटक उप-विजेतालाई भने १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

May be an image of text that says 'BAAJIsAr EPL VEREST Winning Amount For 2021 EDITION NRS. 50 LAKHS #DARETODREAM'

अघिल्लो संकरणमा ईपीएलका विजेता तथा उप-विजेताले क्रमशः २५ लाख र १० लाख रुपैयाँ प्राप्त गरेका थिए। यस पटक उपाधि रकम वृद्धि गरेसँगै ईपीएल नेपालकै सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाईज लिग समेत भएको छ।

चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। प्रतियोगिताको फाइनल खेल असोज २३ गते खेलिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?