बुटवल । लुम्बिनी प्रदेशमा पनि नेकपा (एकिकृत समाजवादी)ले खाता खोलेको छ । प्रदेशसभाकी नेकपा एमाले सांसद रमा घर्ती मगरले एकीकृत समाजवादी रोजेपछि खाता खुलेको हो ।
एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् ।
मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी छन् । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ ।
घर्तीले एमालेका अरु केही सांसद पनि एकीकृत समाजवादीमा आउन सक्ने दावी गरिन् । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुन् ।
यसअघि बागमति प्रदेशमा १२ जना सांसद र सुदूरपश्चिम प्रदेशमा १३ जना सांसदले एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया