२९ श्रावण २०७९, आईतवार

अन्तत विजय गच्छदार कांग्रेस फर्किए

२०७४,आश्विन,२३,सोमवार ०६:५०

0
Shares

काठमाडौ, २३ असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने पक्कापक्की भएको छ । केही वर्षअघि कांग्रेसबाट अलग भएका विजय कुमार गच्छदारसहित उनी अध्यक्ष रहेको पार्टी लोकतान्त्रिक फोरम नेपाली कांग्रेससँग एक हुने भएको हो । स्रोतले भन्यो, ’आज ३र४ बजेतिर बालुवाटारमा पार्टी एक गर्ने सहमति भएको छ ।’ नेपाली कांग्रेस बालुवाटार निकट स्रोतका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषणा गरिने इकान्तिपुरमा खबर  छ ।गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । २०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०६:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामसिंह यादवसहित ३२ जना एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतवार)  नागरिकता विधेयक फिर्ता गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको हाे

बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । देउवाले बोलाएकोमा

ताजा समाचार