सुदूरपश्चिमका १० सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत, केही सांसदको बाँकी

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर १० सांसद नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् ।

आज एकीकृत समाजवादीमा पूर्णा जोशी, कुलवीर चौधरी, सुशील बुढाथोकी, लाल बहादुर खड्का, माया भट्ट, चुन कुमारी चौधरी, अमर साउद, मना साउद, दुर्गा विक र बलबहादुर सोडारी लागेका हुन् ।

आज उनीहरुले निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

बाँकी केही सांसदको कागजात नपुगेर सनाखत हुन नसकेको प्रदेश निर्वाचन आयोगका निर्वाचन प्रमुख प्रेमराज भट्टले जानकारी दिए । एकीकृत समाजवादीले आफ्नो पक्षमा १४ सांसद रहेको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?