अवैध तिस लाख नगदसहित २ जना पक्राउ

लोकपथ
140
Shares

काठमाडौं । काठमाडौंमा अवैध तिस लाख नगदसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफुल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र सोही पसलमा काम गर्ने रमेश तिमिल्सेना छन् ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मिन प्रसादले हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?