टीकापुरमा व्यवसायीद्वारा ग्राहकलाई कुटपिट

RSS
767
Shares

टीकापुर । व्यापारीका लागि ग्राहक देउताका रुपमा मानिन्छ तर टीकापुरका एक महिला व्यापारी ले आफ्ना ग्राहकलाई कुटपिट गरेकी छिन ।

टीकापुर नगरपालिका वडा नं. १ व्यवसायीको कुटाइबाट ग्राहक मुना विक घाइते भएकी छन् । टीकापुर नगरपालिकाको सटरमा रहेको प्रगति फेन्सी स्टोरकी सञ्चालिक लक्ष्मी रावलको कुटाइबाट ग्राहक विकको हात भाचिएको छ ।

पसलमा कपडा किन्ने बेला मोलमोलाइमा विवाद हुँदा व्यवसायी रावलले फलामको रडले हान्दा विकको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ ।

व्यवासायीलाई इलाका प्रहारी कार्यलय टीकापुरले नियन्त्तणमा लिएको छ भने घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?