काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार २ सय २२ जनाको परीक्षण गर्दा १ हजार ५ सय २३ जनाको पीसीआर र १ सय ४१ जनाको एन्टीजेन पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख १६ हजार ३ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।
हाल नेपालमा ३५ हजार ५ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया