सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)का पक्षमा १३ सांसद खुले (तस्बिरसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् ।

प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका हुन् ।

उनीहरु सबै प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहने गरी सनाखत गरेका हुन् । आयोगका अनुसार सबैभन्दा सुरुमा अन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सनाखत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?