कांग्रेसको संस्थापन इतरको बैठक : सभापतिको साझा उम्मेदवार खोज्ने प्रयास निरन्तर

लोकपथ
0
Shares
file photo

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

महाधिवेशन केन्द्रीत रहेर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुको बैठक बसेको छ ।

नेता पौडेल निवास बोहोराटारमा बसेको बैठकमा संस्थापन इतरबाट एक जना मात्रै सभापति बनाउने विषयमा छलफल हुने बताइएको छ ।
संस्थापन पक्षमा पौडेलसहितका नेताहरु सभापतिको आकांक्षा राखेका छन् । सोही क्रममा पद व्यवस्थापनका लागि भन्दै संस्थापन इतरका नेताहरुले छलफललाई तीव्रता दिइरहेका छन् ।

आगामी भदौ १८ गतेबाट कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ । पौडेल पक्षले भदौ १८ यतै सभापतिको साझा उम्मेदवार छनोट गर्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?