भिडियोबाटै बयान र म्याद थप हुने

परासी, २८ चैत – जिल्ला अदालतले भिडियो कन्फ्रेन्सबाट आरोपीसँग बयान लिने र म्याद थप सेवा सुरु गरेको छ ।अदालती सेवालाई छरितो बनाउन यस्तो उपकरण जडान गरिएको हो । विभिन्न मुद्दामा म्याद थपका लागि आरोपीसित हिरासतबाटै भिडियोमार्फत बयान लिन सकिन्छ । त्यसपछि उक्त प्रविधिबाटै म्याद थप गर्न सकिने अदालतले जनाएको छ, कान्तिपुरमा खबर छ  ।उच्च अदालत तुल्सीपुरको निर्देशनबमोजिम जिल्ला अदालयतले नयाँ प्रविधि जडान गरेको हो । तुल्सीपुर उच्च अदालतअन्तर्गत बुटवल इजलासका न्यायाधीश युवराज सुवेदीले सोमबार सेवाको उद्घाटन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?