एमसीसी खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकपथ
78
Shares

काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको मागसहित एमसीसी खारेज अभियानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार एमसीसी खारेज अभियानका संयोजक निर्घ नविनसहितको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

एमसीसीले नेपालमा नवउदारवादी आर्थिक नीतिको थप प्रवर्द्धन गरे पनि उक्त सम्झौता राजनीतिक, सामरिक र फौजदारी प्रस्ताव रहेको उनीहरुको दाबी रहेको छ ।

‘एमसीसीले नेपालमा नवउदारवादी आर्थिक नीतिको थप प्रवर्द्धन गर्छ नै साथै यो देखावटी रुपमा विकास निर्माणको लागि अनुदान जस्तो देखिए तापनि विशुद्ध राजनीतिक, सामरिक र फौजी प्रस्ताव हो ।’ ज्ञापनपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?