विवेकशील साझामा विवाद : अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै बैठक

लोकपथ
182
Shares

काठमाडौं । केन्द्रीय समिति बैठकका विषयमा विवेकशील साझा पार्टीभित्र विवाद देखिएको छ । अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

अध्यक्ष मिश्रले पार्टीभित्रको पछिल्लो परिस्थितिबारे छलफल गर्न भन्दै बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएका छन्। तर संयोजक पाण्डेले उक्त बैठक एकीकरणविपरीत रहेको भन्दै रोक्न माग गरेका छन् । सोही क्रममा संयोजक पाण्डेले बिहीबार बिहान ११ बजे बैठक आह्वान गरेका छन् ।

पाण्डेले बोलाएको बैठकमा सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने र वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना गर्नेलगायत पार्टीमा वैचारिक विचलन र आगामी कार्यदिशालगायतका एजेण्डाहरु तय भएको बताइएको छ ।

मिश्रले केही समयअघि संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहित दस्ताबेज सार्वजनिक गरेसँगै पार्टीभित्र मतभेद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?