उदयपुरमा १४ वर्षीया किशोरी बलात्कृत

लोकपथ
28
Shares

उदयपुर । उदयपुरमा १४ वर्षीया एक किशोरी बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश रार्ई छन् ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

राईले ती बालिकालाई आफ्नै घर लगि भदौ २ गते जबरजस्ती करणी गरेको थिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?