सप्तरी । सप्तकोशी नदीमा पानीको बहाबमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाब बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो ।
आज बिहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाब मापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाब थियो । पछिल्लो समय वर्षा रोकिए पनि बहाब घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुला गरिएको उनको भनाइ थियो ।
आइतबार साझ सप्तकोशीमा यस वर्षकै सबैभन्दा बढी पानीको बहाब मापन गरिएको थियो । त्यसबेला बहाब दुई लाख ७४ हजार पाँच क्यूसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुला गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया