काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान खोज्न सुझाव दिएका छन् ।
नेता गुरुङले प्रधानमन्त्रीको निर्देशन र मेयरले सरकार गुहार्दैमा फोहोरको समस्या समाधान नहुने बताए ।
आफूले फोहोरलाई मोहर बनाउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको बताउँदै फोहोर समस्या नभएर समाधान भएको समेत बताए ।
उनले भनेका छन्–‘मेयरले फोहोर व्यवस्थापनका लागि गुहार माग्ने र प्र।म।ले निर्देशन दिने गरेर समाधान हुँदैन। मैले ‘फोहोरलाई मोहर’ बनाऔँ भनेर संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको थिएँ।’
काठमाडौं उपत्यकामा निस्किने फोहोरबाट १०० मेघावट बायो इनर्जी उत्पादन गर्न सकिने बताए ।
सामाजिक सञ्जालमा लैख्दै उनले भनेका छन््–‘फोहोर समस्या हैन समाधान हो। काठमाण्डौं उपत्यकामा निस्कने फोहोरबाट १००मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिन्छ।’
तीन सातादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आइरहेको फोहोर बाटो बिग्रिएका कारण व्यवस्थापन हुन नसकेको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा फोहोर थुप्रिएपछि सरकार र महानगरपालिकाको चौथर्फी विरोध भइरहेको छ । सोही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापनको लागि निर्देशन दिएका थिए ।
मेयरले फोहोर व्यवस्थापनका लागि गुहार माग्ने र प्र.म.ले निर्देशन दिने गरेर समाधान हुँदैन।
मैले "फोहोरलाई मोहर" बनाअौं भनेर संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको थिएँ।
फोहोर समस्या हैन समाधान हो।
काठमाण्डौं उपत्यकामा निस्कने फोहोरबाट १००मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिन्छ।— Dhan Raj Gurung (@dhanrgrg) August 31, 2021