सत्तारुढ गठबन्धनको बैठक निरन्तर, कहिले होला मन्त्रिपरिषद् विस्तार ?

लोकपथ
156
Shares

काठमाडौं । मन्त्रीमण्डल विस्तारको विषयमा छलफलका लागि सत्तारुढ गठबन्धनले छलफललाई निरन्तरता दिएको छ ।

यसअघि सोमबार पनि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रीमण्डल विस्तारलगायतका विषयमा छलफलका लागि बैठक बसेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

५ दलको समर्थनमा बनेको वर्तमान देउवा सरकारमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य ४ दलको सहभागिता हुनेछ । हाल आफूसहित प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका छन् । सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि अहिलेसम्म देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

छलफलका लागि सोमबार बसेको बैठकमा पनि मन्त्रिपरिषद् विस्तारबारे कम र अन्य विषयमा बढी छलफल भएको एकीकृत समाजवादीका नेता वेदुराम भुसालले जानकारी गराएका छन् ।

यो पनि

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ : अक्षमताको पहिलो कडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?