राजकुमार रावले क्यारेक्टरका लागि गरेका यी ट्रान्सफर्मेसन, जुन निकै चर्चामा रहे

लोकपथ
2k
Shares

काठमाडौं । बलिउड अभिनेता राजकुमार राव आज आफ्नो ३७औं जन्मदिन मनाइरहेका छन् । २०१०मा बलिउड इन्डस्ट्रीमा डेब्यू गरेका राजकुमारले धेरै फिलममा मुख्य भूमिका निभाएका छन् ।

उनले प्रायजस्तो फरक-फरक रुपमा अभिनय गरेका छन् । उनको अभिनय बलिउड जगतमा भइरहेको पाइन्छ । साथै उनी आफ्ना फिल्महरुमा सधैँ फरक-फरक रोलमा दिखिने गरेका कारण पनि उनको फ्यानहरुले उनलाई निकै मन पराउने गरेका छन् ।

कुनै कुनै फिल्मा त राजकुमारलाई चिन्न पनि नसकिने रोलमा देख्न सकिनछ ।

फिल्म हमारी अधुरी काहानी : 

राजकुमार राव

डाइरेक्टर मोहित सूरीको फिल्म हमारी अधुरी काहानीमा राजकुमार रावले एक हिंसक श्रीमानको रुपमा देखा परेका थिए ।

उनले आफ्नो क्यारेक्टरलाई फिल्म हमारी अधुरी काहानीमा न्याय दिएका थिए ।

फिल्म बेहेन होगी तेरी : 

राजकुमार राव

बेहेन होगी तेरी फिल्ममा राजकुमार श्रुति हासनसँग देखिएका थिए । फिल्मको एउटा छोटो सीक्वेलमा राजकुमार भगवान शिवको रुपमा देखिएका थिए ।

उनको शिव भगवानको लुक्स फिल्मको पोस्टरमा पनि राखिएको थियो । उनको उक्त लुक्सको निकै चर्चा भएको थियो ।

वेब सीरीज बोस डेड/अलाइभ:

राजकुमार राव

एकता कपूरको वेब सीरीज बोस डेड। अलाइभमा राजकुमारले आफ्नो डिजिटल डेब्यू गरेका थिए । सीरीजमा राजकुमार नेता सुभाष चन्द्र बोसको रुपमा देखिएका थिए ।

नेताको भूमिका निभाउन उनी तक्लु बनेका थिए । उनको त्यो लुक्सको निकै चर्चा भएको थियो ।

फिल्म राब्ता : 

राजकुमार राव

राब्ता फिल्मामा राजकुमारको ट्रान्सफर्मेसनको निकै चर्चा भएको थियो । फिल्ममा उनले ४०० वर्षका एक बुढा मान्छेको भूमिकामा देखिएका थिए । उनको त्यो लुक्समा उनी राजकुमार हुन भनेर चिन्न धेरै गार्हो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?