आजदेखि प्रभु बैंकको सेयर लिलामीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रभु बैंकको साँढे २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामी हुँदैछ । बैंकले आज भदौ १५ गतेदेखि बैंकको २ लाख ५२ हजार ७ सय २८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

बैंकले यी सेयर आज (मंगलबार) भदौ १५ देखि भदौ २८ गतेसम्म यी संस्थापक सेयर लिलामी गर्न लागेको हो । सेयर लिलामी प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

न्युनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्यमा आवेदन दिनु पर्ने छ ।

आवेदन न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएका छन् । हाल कायम संस्थापक सेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको सेयरमा आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?