धोती-कुर्तामा सोनम कपूरको ‘युनिक स्टाइल’, अनिल कपूरले गरे रियाक्ट

लोकपथ
336
Shares

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपूर फेसन सेन्सका कारण सधै चर्चामा रहने गरेकी छिन् । उनलाई बलिउडको ‘फेसनिस्टा’ भनेर चिनिने गरेको छ ।

फेसनकै कारण उनी बेला बेला चर्चामा आउने गर्छिन त कहिलेकाही ट्रोल पनि बन्ने गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर अपलोड गरेकी छिन् ।

तस्बिरमा उनले धोती कुर्ता लगाएकी छिन् । धोती कुर्ता लगाएको उनको तस्बिरमा बाबु अनिल कपूरले पनि रियाक्सन दिएका छन् ।

अनिल कपूरले उक्त तस्बिरमा ‘शानदार फोटो सोनम ।’ भन्दै कमेन्ट गरेका छन् ।

सोनम कपूर

त्यस्तै अर्पिता मेहता, सैय्यमी खेर, पत्रलेखा तारा शर्माले पनि पायर इमोजी कमेन्ट गरेका छन् । सोनमको फ्यानहरुले पनि उनको तस्बिर मन पराएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?