पछिल्लो दशक सर्वाधिक रकम खर्च गर्ने ‘टप १०’ क्लब

काठमाडौं। सन् २०२१/२२ को गृष्मकालीन सरुवा बजार आज (मंगलवार) अन्त्य हुँदैछ। यस पटकको सरुवा बजारले इतिहासमा नाम लेख्ने निश्चित देखिन्छ। त्यो किन भने फुटबलका दुई सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पहिलो तथा संभावित अन्तिम पटक एउटै सरुवा बजारमा कारोबार भएका छन्।

हरेक वर्ष फुटबल जगतमा क्लबहरुले खर्च गर्ने रकम बढ्दै गएको अवस्था छ। सन् २०११ देखि सन् २०२० सम्म हेर्ने हो भने हरेक सरुवा बजारको खेलाडी कारोबारमा खर्चिने रकम बढ्दै गएको ग्राफ देख्न सकिन्छ। सन् २०११ को शुरुवातमा विश्वकै सर्वाधिक महँगा खेलाडी क्रिस्टियानो रोनाल्डो थिए। त्यस बेला उनको मूल्य करिब ८० मिलियन पाउण्ड थियो।

Cristiano Ronaldo: Video shows his incredible 2011/12 highlights at Real Madrid | GiveMeSport

तर त्यसपछिको ९ वर्षमा ८० मिलियन पाउण्ड माथिका ९ वटा कारोबार भए। ती मध्ये सन् २०१७ मा बार्सिलोना र पीएसजीबीच एउटा यस्तो कारोबार भयो जसले सरुवा बजारको रूप नै सधैंको लागि परिवर्तन गरिदियो।

हो, सन् २०१७ मा पीएसजीले ब्राजिलियन स्टार खेलाडी नेयमारलाई कीर्तिमानी १९८ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। सारांशमा भन्नुपर्दा, नेयमारको कारोबार पश्चात् सरुवा बजारमा अन्धाधुन्ध रकममा कारोबार हुने गरेको छ।

Neymar to PSG: With era-defining move, Brazilian forward has chance to shake-up footballing world-Sports News , Firstpost

यसैबीच फिफाले पछिल्लो दशकको सरुवा बजारमा सर्वाधिक रकम खर्च गर्ने क्लबको सूची तयार गरेको छ। हेरौँ, सन् २०११ देखि सन् २०२० सम्मका सर्वाधिक खर्च गर्ने क्लबहरू:

१०) टोटनह्याम हटस्पर

Son Heung-Min nearly passed to Dele Alli before 80 yard solo goal against Burnley | Daily Mail Online

इंग्लिश क्लब टोटनह्याम हटस्पर एउटै खेलाडीमा धेरै रकम खर्च गर्ने क्लबमा त पर्दैन। अझै, टोटनह्यामले ३० मिलियन पाउण्ड माथि खर्चेर मात्र तीन खेलाडीलाई अनुबन्ध गरेको छ।

तर २० मिलियन माथि खर्चेर टोटनह्यामले धेरै खेलाडीलाई अनुबन्ध गरेको छ। ती मध्ये रोबर्टो सोलडाडो र भिन्सेन्ट यान्सेन जस्ता खेलाडी जम्न नसक्दा ह्यूङ मिन सन जस्ता खेलाडी सुपरस्टार पनि भएका छन्।

९) युभेन्टस

SportMob – Juventus most expensive signings ever

युभेन्टसलाई फ्रि-ट्रान्सफरको राजा भन्दा गलत हुँदैन। पछिल्लो दशकमा इटालियन क्लब युभेन्टसले धेरै विश्वविख्यात खेलाडीलाई फ्रि-ट्रान्सफरमा अनुबन्ध गरेपनि केही खेलाडीमा भारी रकम पनि खर्च गरेको छ।

सन् २०१८ मा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई १०० मिलियन पाउण्डमा अनुबन्ध गरेको युभेन्टसले हिगुवाइन, माथिस डे लाइट र आर्थरमा ६० मिलियन पाउण्ड भन्दा माथि खर्च गरेको थियो। अझै, युभेको धेरै ३० देखि ४० मिलियन पाउण्डको खर्चले पनि उसलाई यस सूचीमा स्थान प्राप्त भएको छ।

८) आर्सनल

Arsenal's most expensive signings ever

इंग्लिश क्लब आर्सनलले पछिल्लो दशक सोचेजस्तो सफलता प्राप्त गर्न सकेन। घरेलु एफए कप उपाधि बाहेक आर्सनलले प्रिमियर लिग तथा च्याम्पियन्स लिगमा सफलता प्राप्त गर्न सकेको छैन।

तर पनि आर्सनल सर्वाधिक रकम खर्च गर्ने क्लबको आठौं स्थानमा पर्न सफल भएको छ। आर्सनलका वर्तमान स्टार खेलाडी पिएरे औबामेयाङ, निकोलस पेपे, एलेक्जेन्डर लाकाजेट र थोमस पार्टे अनुबन्ध गर्न मात्र क्लबलाई लगभग २५० मिलियन पाउण्ड बराबरको खर्च लागेको थियो। त्यसमाथि अन्य खेलाडीको रकमले पनि आर्सनल यस सूचीमा पर्न सफल भएको हो।

७) म्यान्चेस्टर युनाइटेड

Manchester United Most Expensive Signings until 2020!

इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले सर एलेक्स फरगुसनको बहिर्गमन पश्चात् प्रिमियर लिग उपाधि जित्न सकेको छैन। प्रशिक्षक जोसे मोरिन्होले सन् २०१७मा जिताएका युरोपा लिग उपाधिनै म्यान्चेस्टर युनाइटेडको पछिल्लो ठूलो उपाधि हो।

तर युनाइटेडले खेलाडी अनुबन्ध गर्न खर्चिने रकममा भने कमी आएको छैन। सन् २०१६ मा युनाइटेडले ८९ मिलियन पाउण्डमा विश्व कीर्तिमानी रकममा पल पोगबालाई अनुबन्ध गरेको थियो। त्यस्तै क्लब कप्तान ह्यारी मागवायर र रोमेलु लुकाकुलाई अनुबन्ध गर्न पनि युनाइटेडले भारी रकम खर्चिएको थियो।

६) एथ्लेटिको मड्रिड

SportMob – Atletico Madrid most expensive signings ever

एथ्लेटिको मड्रिडको छवि ठूलो रकम खर्च नगर्ने क्लबमा पर्दछ। तर त्यो सरासर गलत हो। एथ्लेटिको मड्रिडले पछिल्लो दशकमा नपत्याउँदो तरिकाले झण्डै झण्डै रियल मड्रिड र बार्सिलोना बराबरको रकम खर्चेको छ।

थोमस लेमार र डिएगो कोस्टा अनुबन्ध गर्न भारी रकम खर्चेको एथ्लेटिकोले सन् २०१९ मा विश्वकै सर्वाधिक महँगा युवा खेलाडी भित्र्याएको थियो। पोर्चुगिज युवा स्टार जाओ फेलिक्स एक्लैलाई एथ्लेटिको मड्रिडले ११३ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो।

५) रियल मड्रिड

SportMob – Real Madrid most expensive signings ever

सर्वाधिक रकम खर्च गर्ने क्लबको सूचीमा रियल मड्रिड नपर्ने त कुरै भएन। धेरै पहिले देखि नै रियल खेलाडी अनुबन्ध गर्न भारी रकम खर्च गर्ने क्लबमा पर्ने गर्दछ।

तर पछिल्लो दशकमा रियलले खर्चेको भारी रकमले क्लबलाई खासै फाइदाजनक नतिजा दिएको छैन। रियलले चारवटा च्याम्पियन्स लिग उपाधि उचाले पनि एडेन हजार्ड, लुका जोभिच र हामेस रोड्रिगेज जस्ता खेलाडीलाई अनुबन्ध गरेको रकमको परिणाम भने पाएको छैन। त्यस्तै रियलले क्लब इतिहासकै सर्वाधिक रकममा अनुबन्ध गरेको ग्यारेथ बेलको सफलता पनि बहसयोग्य छ।

४) पेरिस सेन्ट जर्मेन (पीएसजी)

SportMob – Paris Saint-Germain most expensive signings ever

पछिल्लो दशकको सुरुवातमा पीएसजीलाई कतारी व्यापारी नासिर अल खेलाफीले किनेसँगै क्लबले अन्धाधुन्ध रकम खर्च गर्न लागेको हो। तर वास्तवमा पीएसजीले पछिल्लो दशकमा जम्मा ५९ खेलाडी अनुबन्ध गरेको थियो, जुन टप २० को सूचीमा १७ नम्बरमा पर्दछ।

तर ती मध्येका दुई खेलाडीको रकमले सरुवा बजारको इतिहासमा नै नाम लेखेको छ। पीएसजीले नेयमार र एमबाप्पे भित्र्याउन मात्र जम्मा ४०० मिलियन पाउण्ड खर्चेको थियो। त्यसमा एडिन्सन कभानी, एन्जल डि मारिया, जलाटन इब्राहिमोभिच र माउरो इकार्डिको रकम जोड्दा पीएसजीको खेलाडी कारोबार रकम आकासिएको हो।

३) बार्सिलोना

SportMob – Barcelona most expensive signings ever

अहिलेको समयमा बार्सिलोनाको कारोबार बारे केही भन्न बाँकि छैन। क्लब यति धेरै ऋणमा डुबेको छ कि, उसले आफ्नो कप्तान तथा सुपरस्टार लियोनल मेस्सीलाई समेत क्लबमा राख्न सकेन।

यी सब बार्सिलोनाले पछिल्लो दशकमा अन्धाधुन्ध खर्चेको रकमको नतिजा हो। उदाहरणका लागि बार्साले पछिल्लो समय १०० मिलियन पाउण्ड भन्दा माथि खर्चेर भित्र्याएको तीन खेलाडी फिलिपे कोटिन्हो, एन्टोइन ग्रिजम्यान र ओसमाने डेम्बेले सबै फ्लप सावित भएका छन्।

२) चेल्सी

SportMob – Chelsea most expensive signings ever

पछिल्लो दशकमा चेल्सीले ९५ खेलाडी भित्र्याउन सफल भयो। चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब किनेदेखि नै भारी रकम खर्चिने गरेका छन्।

पछिल्लो दशक चेल्सीले सर्वाधिक रकममा अनुबन्ध गरेको दुई खेलाडी हुन् काई हाभर्ज र गोलरक्षक केपा। दुवै खेलाडीलाई चेल्सीले ७२ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। त्यस्तै जोर्जिन्हो, मोराटा, पुलिसीच र वर्नर पनि चेल्सीलाई सस्तो परेका खेलाडी होइनन्।

१) म्यानचेस्टर सिटी

B/R Football on Twitter: "Aymeric Laporte becomes Manchester City's most expensive signing... ever 🤑… "

पछिल्लो दशकमा इंग्लिश प्रिमियर लिगको अबैभन्दा सफल क्लब हो म्यान्चेस्टर सिटी। सिटीले पछिल्लो दशकमा मात्र ६ पटक प्रिमियर लिग उपाधि उचालेको थियो।

तर सिटीको यो सफलता सस्तो भने छैन। सन् २००८ मा सिटीलाई युएईका शेख परिवारले खरिद गरेदेखि सिटीले खेलाडीमा अन्धाधुन्द रकम खर्च गर्ने गरेको छ। पछिल्लो दशक मात्र सिटीले जम्मा १३० खेलाडीलाई अनुबन्ध गरेको थियो। जसमध्ये केभिन डे ब्राइन, रुबेन डियास, रहिम स्टर्लिङ, जोन स्टोन्स, जिजस र रियाद माहरेज जस्ता खेलाडी सबै महँगोमा भित्रिएका खेलाडी हुन्।

Jack Grealish joins Man City in £100m deal

यस पटकको सरुवा बजारमा पनि म्यान्चेस्टर सिटीले ज्याक ग्रिलीशलाई १०० मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ। त्यस्तै चेल्सीले रोमेलु लुकाकुलाई ९७ मिलियन पाउण्ड तथा म्यान्चेस्टर युनाइटेडले जेडन सान्चोलाई ८५ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ। आज अन्तिम दिन पनि केही अप्रत्याशित कारोबार हुने अनुमान भने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?