जेल जीवन बिताएका १० बलिउड कलाकार

बलिउड अभिनेता सलमान खान दुर्लभ कृष्णसार सिकार आरोपमा यसपटक दुई दिन जेलमा बसेर शनिबार मात्र जमानतमा रिहा भए । उनी यसरी जेल बसेको यो पहिलोपटक होइन । यसअघि पनि उनी १८ दिन बन्दीका रूपमा जेल बसिसकेका छन् ।यसरी केही दिन थुनामा पर्ने बलिउडका थुप्रै अभिनेता तथा अभिनेत्री छन् । धेरैजसो अभिनेता र अभिनेत्रीले आफ्नो चरित्रकै कारण प्रहरीको हिरासत तथा जेलमा बन्दी हुनुपरेको घटनाहरू छन् ।अभिनेता सञ्जय दत्तले पाँच वर्षको जेल जीवन बिताइसकेका छन् । सन १९९३ को बम काण्डमा सहभागी भएको मुद्दामा उनले पाँच वर्ष जेल बस्नुपरेको हो ।अभिनेता अक्षय कुमारले पनि दुई दिन जेलमा कैदीका रूपमा बस्नुपरेको थियो । एउटा फेसन सोमा ¥याम्पमा हिँड्ने क्रममा पाइन्टको चेन खोलेर अभद्र व्यवहार गर्दै नारीको अपहेलना गरेको प्रकरणमा उनी थुनामा परेका थिए ।अभिनेता गोविन्दले सन् २००७ मा फिल्म ‘मनी है तो हनी है’को प्रचार प्रसारका क्रममा एक जना प्रशंसकलाई गालामा थप्पड हानेका कारण उनले पनि दुई दिन प्रहरी हिरासतमा बस्नुपरेको थियो ।गोविन्दकै भतिज एवं अभिनेता साइनी आहुजा पनि केही महिना जेल परेका थिए । घरमा काम गर्ने युवतीमाथि शारीरिक शोषण गरेको आरोपमा साइनी जेल जानु परेको हो ।अभिनेता जोन अब्राहमले सन् २००६ मा आफ्नो गाडीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । सो प्रकरणमा जोनले पनि केही समय जेल जीवन बिताउनुपरेको थियो ।राजधानी दैनिकमा खबर छ |मुम्बईको बसाबी होटलमा एक व्यवसायीमाथि हातपात गरेको प्रकरणमा अभिनेता सैफ अली खानले पनि केही दिन जेलमा बस्नुप¥यो । अभिनेता राजपाल यादवले गत वर्ष ऋण प्रकरणमा १० दिन जेल जीवन बिताउनुप¥यो । ५ करोड रुपैयाँ ऋण नतिरेको प्रकरणमा दिल्ली उच्च न्यायालयको फैसलापछि १० दिन जेल बसेर त्यो ऋण तिरेपछि उनले मुक्ति पाए ।केही वर्षअघि लागूऔषधसहित प्रक्राउ परेका अभिनेता फरदिन खानले पाँच दिन जेलमा बिताउनुप¥यो । त्यसपछि उनलाई प्रहरीले पुनस्र्थापना केन्द्रमा उपचारका लागिपठाएको थियो ।प्रेमिकालाई यौन दुराचार गरेको प्रकरणमा सन् २०१४ मा अभिनेता इन्द्रकुमारलाई प्रहरीले पक्राउ गरेर केही दिन थुनामा राखेको थियो ।भारतीय डनका रूपमा परिचित अबु सालेमको प्रेमिकाका रूपमा विभिन्न प्रकरणमा मुछिएकी अभिनेत्री मोनिका बेदीले पनि सोही कारण केही महिना जेल जीवन बिताउनुप-यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?