पीडित परिवारद्वारा सरकारलाई विद्रोह गर्ने चेतावनी

लोकपथ
56
Shares

काठमाडौं । सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले काठमाडौंमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दूराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिइन् ।

अन्तर्राष्ट्रिय सम्झौताहरुले न्याय नपाए विद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमा नै न्याय दिनुपर्ने बताइन् ।

अन्तरक्रियामा बोल्दै पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको बताइन् ।

त्यस्तै पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताए । उनले कोठा र होटलमा कार्यक्रम गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने बताए ।

पीडित नेपालीले भने, “अधिकार मागेर नपाउने भए खोस्नुपर्छ, अधिका खोसेर लिनुपर्ने अवस्था आएको छ, कोठा, होटलमा कार्यक्रम गरेर काम हुँदैन, आयोगले काम गर्नु पर्यो, साथै राजनैतिक रुपमा वकालत गर्न सक्नुपर्यो, युद्ध गर्ने र गराउनेले जवाफ दिने गरी काम हुनुपर्छ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?