काठमाडौं महानगरलाई प्रधानमन्त्रीको निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् ।

उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौंको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?