काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव ईश्वर पाखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिएका छन् ।
महासचिव पोखरेलले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दाबी समेत गरे । सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने गरी अघि बढने पनि बताए । महासचिव पोखरेलले भने, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसावले अगाडि जान्छौं ।’
महासचिव पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गराए । उनले पार्टीको आगामी महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताए ।
सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताउनु भयो । तर त्यसका लागि परिस्थितिको ख्याल गरेर आफू अघि बढने उनको भनाई छ । महासचिव पोखरेलले भने, ‘मैले चाँही के बुझ्छु भने त्यो संवेदनशील घडीमा आवश्यक्ता के पर्छ ? कस्तो हुन्छ ? देशभरका कार्यकर्ताको चाहना के हुन्छ ? डिमान्ड के हुन्छ ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । म मनोगत ढंगले भन्न त भनौला, तर त्यस बेलाको परिस्थिति, कार्यकर्ताको चाहना, आवश्यक्ता छ कि छैन ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । तर तिमी त्यो क्षमता राख्छौ कि राख्दैनौ भनेर मलाई सोध्ने हो भने मैले फेरी दोेहो-याउँछु–म इतिहासले, निष्ठाले, निरन्तरताले, क्षमताले कुनै पनि जिम्मेवारीमा डिजर्भ गर्छु ।’
नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख वैशाख १० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ । महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया