काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् ।
भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपणको उपचार सफल भएको बताए ।
सोही क्रममा उनले आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौैला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको खुलासा गरे ।
उनले आफ्नै दिदी (जेठीसासु) को छोरीले आफूलाई मिर्गौला दान गरेको बताए । ‘
मिर्गौलमा जटिल समस्या देखिएपछि गत असार २ गते नेता खनाल परिवारको साथ उपचारका लागि भारत प्रस्थान गरेका थिए । नेता खनालको स्वागतका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु विमानस्थलमा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया