उदयपुर । उदयपुरमा १४ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।
ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१२ सोनापुर बस्ने ४० वर्षीय आनन्द चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया