काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ९०२ चार हजार ३४१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार ८०८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया