कुनै पनि कार्यकारी पदमा नबस्ने झलनाथ खनालको घोषणा

लोकपथ
4.1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू अब कुनै कार्यकारी पदमा नरहने घोषणा गरेका छन् ।

स्वास्थ्यउपचारपछि सोमबार स्वदेश फर्किएका नेता खनालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै सो कुरा बताएका हुन् । नेता खनालले आफू ७० वर्ष पार गरिसकेको बताउँदै कुनै कार्यकारी पदमा नरहने बताएका हुन् ।

‘म ७० वर्ष पुगिसक्या हुनाले कुनै कार्यकारीणी पोष्ट दाबी गर्दिन ।’ उनले भने ।

त्यस्तै आफ्नो बाँकी जीवन पार्टी निर्माणमा लगाउने बताए । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा व्यक्तिवादी सोच हाबी भएको कारणले आजको दिन आएको उनले बताए ।

मिर्गौलमा जटिल समस्या देखिएपछि गत असार २ गते नेता खनाल परिवारको साथ उपचारका लागि भारत प्रस्थान गरेका थिए । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि नेता खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । नेता खनालको स्वागतका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु विमानस्थलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?