पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता भएका छन् ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनाल सोमबार दिउँसो स्वदेश फर्किएका हुन् ।

मिर्गौलामा जटिल समस्या देखिएपछि खनाल गत असार २ गते परिवारका साथ भारत प्रस्थान गरेका थिए । कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका नेता खनाल कोरोना संक्रमण मुक्त भएपनि स्वास्थ्यमा समस्या देखिएसँगै भारत लगिएको थियो ।

खनालको स्वागतका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु विमानस्थल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?