‘मेयरलाई फोहोर उपहार’ भन्दै काठमाडौं महानगरअघि प्रदर्शन

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयअघि फोहोर थुपारेर विरोध प्रदर्शन भएको छ ।

काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर उठ्न नसकेपछि सोमबार युथ कांग्रेसले सुन्धरास्थित कार्यालय अघि फोहोर थुपारेर प्रदर्शन गरेका हुन् ।

सोमबार प्रदर्शनका लागि महानगर कार्यालय अघि पुगेको युथ कांग्रेसले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी सहर’ लेखिएको प्लेकार्ड देखाएर प्रदर्शन समेत गरेको छ ।

काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल्डसाइटमा व्यवस्थापन गर्दै आइएको थियो । तर तीन सातादेखि त्यहाँको बाटो बिग्रिएको भन्दै तीन सातादेखि फोहोर उठ्न सकिरहेको छैन । जसको कारण उपत्यकामा विभिन्न ठाउँहरुमा फोहोर थुप्रिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?