आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने प्रतिबद्धता

लोकपथ
104
Shares

काठमाडौं । वाईसीयल नेपालका नेता तथा कार्यकर्ताहरुले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)लाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता जनाएका छन ।

काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका नेता तथा कार्यकर्ताहरुले युवालाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने सम्पूर्ण बल लगाउने बताए ।

सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने उनीहरुले पार्टी नेतृत्वसँग माग गरे । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने गरी युवाहरुलाई परिचालन गरेर अघि बढने योजनासहित आफूहरु परिचालित हुने वाईसीयल नेपाल भक्तपुरका संयोजक नरेश वाइबाले बताए । उनले त्यसका लागि देशभरका युवाहरुलाई परिचालन गरेर जनतामाझ जान सक्ने नेतृत्वको आवश्यक्ता रहेको बताए ।

त्यस्तै सिन्धुपाल्चोकका जिल्ला संयोजक रुपेन्द्र आचार्यले आगामी निर्वाचनमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो संगठनलाई सशक्त बनाएर अघि बढने बताए उनले त्यसका लागि वाईसीयल नेपालले मुलुकभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढनुपर्ने भएकाले सोही अनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरुलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई मुलुकको पहिलो पार्टी बनाउन वाईसीयल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

वाईसीयल नेपालको जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीयल, नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?