काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता प्रदीप नेपालले पार्टीले जनताको बहुदलीय जनवाद नमानेको भन्दै आपत्ति जनाएका छन् ।
आफूले पार्टीको विधानले जबज नमान्ने भए आफू पार्टीमा नरहने बताए पनि पार्टी अध्यक्ष माधवकुमार नेपालले सो कुरा स्वीकार गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
सामाजिक सञ्जालमा लेख्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले तानाशाही प्रवृत्ति भएको कारण ओलीतिर जान नसक्ने समेत बताए । तर जबजलाई पार्टीले नमानेकोले आफूलाई धोका दिएको भन्दै पार्टीमा नरहने संकेत गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता नेपालले भनेका छन्- ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। बिदा।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया