काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले सभामुख अग्नि सापकोटामाथि जालझेलको आरोप लगाएका छन् ।
सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरेकोमा सभामुख सापकोटाले विभिन्न जालझेल गरेर कारबाही नगर्ने निर्णय गरेको आरोप लगाए।
नेता बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसदको झल्को दिने गरी एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगर्ने निर्णय गरेको आरोप दोहोर्याए ।
त्यसैगरी नेता बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए ।
वर्तमान सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया