वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा भट्टको योगदान सदा स्मरणीय रहनेछ : राष्ट्रपति

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गरेकी छन् ।

उनले आज अपराह्न ट्वीट गर्दै नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक भट्टको योगदान सदा स्मरणीय रहने जनाएकी छन् ।

प्रगतिवादी चिन्तक भट्टप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकाकुल परिवारमा पनि समवेदना प्रकट गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?