कांग्रेस महाधिवेशन : गाउँ/नगर/उपमहानगर र महानगरका सभापति क्षेत्रीय प्रतिनिधिबाट मात्रै हुन पाउने (पूर्णपाठ)

लोकपथ
6.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा गाउँ/नगर/उपमहानगर र महानगरका सभापति क्षेत्रीय प्रतिनिधिबाट मात्रै हुन पाउने भएका छन् । साथै सभापति बाहेकका पदाधिकारी वा सदस्यहरु भने क्रियाशील सदस्यहरु समेत हुन पाउनेछन् ।

महाधिवेशनलाई लक्षित गरेर नेपाली कांग्रेसले जारी गरेको निर्वाचन निर्देशिकामा सो कुरा उल्लेख गरिएको छ ।

‘पार्टीको १४ औँ महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रिय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर र महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रिय प्रतिनिधि हुने व्यवस्था गर्ने ।’ निर्वाचन निर्देशिका २०७८ मा भनिएको छ ।

विभिन्न चरणमा महाधिवेशनको मिति सर्दै आगामी मंसिर ९ देखि १३ गतेसम्म नेपाली कांग्रेसको महाधिवेशन तोकिएको छ । त्यसैगरी आगामी भदौ १८ गते वडा अधिवेशन हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?