सप्तकोशीको बहाब तीन सय मिटरसम्म फैलियो

RSS
98
Shares

उदयपुर । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाब ३०० मिटरसम्म फैलिएको छ ।

बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए ।

तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबीसी र श्रीलङ्का टाप्पु पर्दछ ।

रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतबार राति १० बजेसम्म पानीको बहाब नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा आज बिहान वर्षा कम भएकाले बहाब थोरै घटेर गएको छ ।

बस्तीमै बाढी प्रवेश गर्न थालेकाले त्यहाँका बासिन्दालाई राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले बताए । तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतबारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नदीको बहाब बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको डुम्रीबोटका कर्ण मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?