कांग्रेस महाधिवेशन : महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

लोकपथ
260
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।

सोही क्रममा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी १४ औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका छन् ।

सोमबार काठमाडौं महानगरपालिका वडा नं १० कमिटीले आयोजना गरेको क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा घोषणा गरेका हुन् ।

यसअघिको १३ औँ महाधिवेशनमा समेत महामन्त्रीमा उम्मेदवारी दिएका थापाले ५८४ मत पाएका थिए ।

कांग्रेसको तेस्रो धार अर्थात् कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिएका थापाले पराजित भएका थिए । आन्तरिक छलफललाई तिव्रता दिए पनि यसपटक कुन समूहबाट उम्मेदवारी घोषणा गर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?