काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पुर्‍याइयो, बाइडेनले दिए श्रद्धाञ्जली

लोकपथ
1.1k
Shares

काठमाडौं । काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पुर्‍याइएको छ । काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पुर्‍याइएको सञ्चार माध्यम बीबीसीले बताएको छ ।

डेलावेयरको डोभर एयर फोर्स बेसमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सहभागी भएका थिए । उनले मृतक सैनिकहरुलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि भएको विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको मृत्यु भएपछि बाइडेनले बदला लिने चेतावनी दिएका थिए । उनले इस्लामिक स्टेटबाट सो आक्रमण भएको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?