काठमाडौं । नेकपा एमालेले पार्टी एकीकरणका लागि जारी १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि प्रदेश, जिल्ला र सो मातहतमा नेताहरुलाई जिम्मेवारी दिएको छ ।
भदौ ८ गते बसेको स्थायी कमिटी र भदौ १० गते बसेको केन्द्रीय कमिटी बैठकको आधारमा अन्तरपार्टी निर्देशिका जारी गर्दै नेताहरुलाई जिम्मेवारी दिइएको हो ।
अन्तरपार्टी निर्देशिकाअनुसार प्रदेश, जिल्ला र मातहतका कमिटी साथै जनसंगठनहरुमा १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजिकरण गर्न नेताहरुलाई जिम्मेवारी दिएको हो ।
कुन प्रदेशमा को ?
प्रदेश नं १ : भीम आचार्य, सुवास नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुहाङ
प्रदेश नं २ : सत्य नारायण मण्डल, रघुवीर महासेठ, सुमन प्याकुरेल, प्रभु साह र ज्वालाकुमारी साह लगायतका नेताहरु रहेका छन् ।
बागमती प्रदेश : अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, काशीनाथ अधिकारी, आनन्द पोखरेल
गण्डकी प्रदेश : किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा, लीलाबहादुर थापा
लुम्बिनी प्रदेश : विष्णु पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरी
कर्णाली प्रदेश : युवराज ज्ञवाली, यमलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी
सुदूरपश्चिम प्रदेश : भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापा
त्यसैगरी जनसंगठनमा ईश्वर पोखरेल, विष्णु पौडेल गोकर्ण विस्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिइएको जारी निर्देशीकामा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया