सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी : आज मन्त्रीमण्डल विस्तार हुनसक्ने

लोकपथ
780
Shares
file photo

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको छलफल जारी छ । मन्त्रीमण्डल विस्तारबारे छलफल गर्न शीर्ष नेताहरुको बैठक बसेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभा संसदीय दलका नेता वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरु रहेका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरिरहेका छन् । यसअघि आइतबार पनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड र नेपालसँग छलफल गरेका थिए ।

सरकार गठन भएको ढेड महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे चासो देखाएका हुन् । देउवाले जसपा र नेपाल नेतृत्वको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएर सरकार निर्माण गर्न लागेका हुन् । आज साँझसम्म सरकार गठन हुनसक्ने नेताहरुले बताएका छन् ।

यता सहभागी माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी पार्टीले समेत क–कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?