दुईतले घरमा आगलागी हुँदा रु १५ लाखको क्षति

इलाम, २७ चैत – इलाम नगरपालिका– ९ गोलाखर्कमा आज भएको आगलागीबाट रु १५ लाख बराबरको धनमाल क्षति भएको छ ।स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको बताइएको छ । विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ ।इलाम नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीद्वारा आगो लागी नियन्त्रणमा लिइएको थियो ।आगलागीबाट भण्डारीको ढुङ्गामाटोले बनेको दुईतले घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अन्य सामग्री समेत जलेर नष्ट भएको छ । घर जलेपछि भण्डारी परिवारको बिचल्लीमा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?