फिल्म ‘बेल बटम’ले कमायो २० करोड, बन्ला त २०२१ को सर्वाधिक कमाइ गर्ने फिल्म ?

लोकपथ
469
Shares

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म बेल बटम दर्शकहरुले निकै मन पराएका छन् ।

अभिनेता अक्षयको फिल्म कोरोना कालमा पनि फिल्म हलमा चलेको छ । कोरोना कहरकाबीच पनि फ्यानहरुले सावधानी अपनाउदै फिल्म हलमा गएर फिल्म हेरेका छन् ।

Bell Bottom trailer out. Akshay Kumar, Vaani Kapoor, Lara Dutta promise a thrilling ride - Movies News

फिल्म हलमा ५० प्रतिशत मात्रै दर्शक राखिएको भएपनि फिल्म बेल बटमले राम्रो कमाइ गरेको छ । फिल्म बेल बटमले जानन्वी कपूरको फिल्म रुहीको आजसम्मको बक्स अफिस कलेक्सनको रेकर्ड तोड्ने भएको छ ।

यदी फिल्म बेल बटमले फिल्म रुहीको रेकर्ड तोडेमा २०२१ को सर्वाधिक कमाइ गर्ने फिल्म बन्ने छ । अहिलेसम्म फिल्म बेल बटमले २० करोड भारती रुपैयाँ कमाएको छ । फिल्म बेल बटम रिलिज भएको २ हप्ता पुरा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?