गेटाफेमाथि बार्सिलोनाको जित

काठमाडौं। स्पेनिश ला-लिगा अन्तर्गत आईतवार राति भएको खेलमा बलियो टोली बार्सिलोनाले गेटाफेलाई २-१ गोलले पराजित गरेको छ।

बार्साको घरेलु मैदान क्याम्प नाउमा खेलिएको खेलमा घरेलु टोलीले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो। फूल ब्याक जोर्डी अल्बाको पासमा सर्जी रोबर्टोले गोल गर्दा बार्सालाई अग्रता दिलाएका थिए।

LaLiga official website | LaLiga

तर खेलको १८औं मिनेटमा पाहुना टोली खेलमा फर्कियो। कार्लेस एलेनाको पासमा स्ट्राइकर सान्द्रो रामिरेजले गेटाफेका लागि बराबरी गोल गरेका थिए।

घरेलु मैदानमा निकै बलियो देखिएको बार्साले खेलको ३०औं मिनेटमा फेरि अग्रता लिन सफल भयो। मिडफिल्डर फ्रान्की डे यङको पासमा नयाँ खेलाडी मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाउन सफल भएका थिए।

Barcelona 2-1 Getafe: Results and Player Ratings - La Liga 2021/22 - Ruetir

पहिलो हाफमा २-१ गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा अर्को गोल भने थप्न सकेन। त्यस्तै गेटाफेले पनि खेलमा बराबरी गोल गर्न नसक्दा नतिजा बार्सिलोनाको पक्षमा गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?