ग्रिनवुडको गोलमा म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतवार भएको खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई १-० गोलले पराजित गरेको छ।

वुल्भ्सको घरेलु मैदान मोलिनिऊ स्टेडियममा भएको खेलमा घरेलु टोलीले शानदार प्रदर्शन गरेको थियो। पहिलो हाफमा उत्कृष्ट मौकाहरु सिर्जना गरेपनि वुल्भ्सले गोल भने गर्न असफल रह्यो।

Wolverhampton Wanderers 0-1 Manchester United: 5 Talking points as Greenwood's winner seals historic win for visitors | Premier League 2021-22

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक रहेको थियो। तर बलियो टोली युनाइटेडले खेलको ८०औं मिनेटमा अग्रता लिन सफल भयो। युवा खेलाडी मेसन ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

वुल्भ्सले खेलमा फर्किन धेरै प्रयास गरेपनि बराबरी गोल भने गर्न सकेन। खेलमा दुवै टोलीबाट अरु गोल हुन नसक्दा ग्रिनवुडको गोल नै निर्णायक बन्न पुगेको थियो।

Greenwood flying and Fred flailing: How does Ronaldo fit in at Man Utd? | Goal.com

यस कीर्तिमानी जितसँगै म्यान्चेस्टर युनाइटेड २८ अवे खेलमा अपराजित रहेको छ। नयाँ सिजनको तीन खेलमा सात अंकसहित युनाइटेड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?